• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुदीप न्यौपाने सहित २६ जनाको सम्झनामा भारतीय दूतावासमा श्रद्धाञ्जली

काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासले जम्मू र कश्मीरको पहलगाममा २२ अप्रिल २०२५ मा भएको जघन्य आतंकवादी आक्रमणको पहिलो स्मृतिमा ‘अपरेशन सिन्दूरको वार्षिकोत्सव मनाउन एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ।

उक्त आतंककारी हमलामा एक नेपाली नागरिक सुदीप न्यौपाने सहित २६ जना सर्वसाधारणले ज्यान गुमाएका थिए।

यस अवसरमा नेपालका माननीय परराष्ट्र मन्त्री शिशिर खनालको सन्देश वाचन गरिएको थियो। आफ्नो सन्देशमा उनले भारतीय जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त बर्बर आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरे। साथै, उनले आतंकवादको अन्धकारलाई जरैदेखि उखेल्न र यसको सामना गर्न भारत र नेपालको सामूहिक संकल्पलाई पुन: पुष्टि गरे ।

कार्यक्रममा नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरू, नेपाल–भारत मैत्री संघका प्रतिनिधिहरू र भारतीय दूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पहलगाम आक्रमणमा ज्यान गुमाउने निर्दोष नागरिकहरूको सम्झनामा मौन धारण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।