काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को हालै सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्यले ५६ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी रामचन्द्र संघईलाई पराजित गरेका हुन् । संघईले ३० मत पाएका छन् ।
त्यस्तै, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । निर्वाचन समितिका अनुसार प्रधानले ६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत मात्र प्राप्त गरे ।
शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै महासंघको नयाँ नेतृत्व टुंगिएको हो ।
नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका वैद्य र प्रधानको विजयसँगै महासंघको नयाँ कार्यसमितिले पूर्णता पाएको छ।