• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कजारिया रमेश टायल्सद्वारा गण्डकी प्रदेशमा उपस्थिति थप विस्तार : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

नवलपुर । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ ।

यस शोरुमको औपचारिक उद्घाटन हिजो, २०८३ जेठ १२ का दिन दिउँसो १२ : १५ बजे गरिएको थियो । उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२४ आस्मा कुमारी के.सी. को गरिमामय उपस्थितिका साथै कजारिया रमेश टायल्स लिमिटेडका वरिष्ठ प्रतिनिधिहरू र राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको सहभागिता रहेको थियो, जसले स्थानीय बासिन्दाहरूलाई नयाँ शोरुमको अवलोकनका लागि हार्दिक स्वागत गरेका थिए ।

शोरुमलाई ग्राहकवर्गलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको छ । यहाँ आउने ग्राहकहरूले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्पहरू प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन् ।

“राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कसँगको हाम्रो साझेदारी ठूला शहरहरू मात्र सीमित नभई बाहिरका समुदायहरूसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण पाटो हो । हाम्रो उद्देश्य नवलपुरका बासिन्दाहरूले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइनहरू सजिलै प्राप्त गरुन् र उनीरुको घर निर्माण तथा पुनःनिर्माणका योजनाहरूलाई साकार पार्न मद्दत पुगोस् भन्ने हो,” कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने ।

यो शोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ । दलदले, नवलपुर तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरुममा आई नयाँ कलेक्सनहरू अवलोकन गर्न हार्दिक निमन्त्रणा गरिएको छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा Superbrand २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद् (IGBC) को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ । यसैलाई निरन्तरता दिँदै कजारियाले हालै NS Quality Award २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०*१२० से.मी., ६०*६० से.मी., १९.५*२० से.मी. र ४०*४०से.मी. ८मि.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल ४०*४०से.मी.१२ मि. मी. तथा सेरामिक वाल टायल (३०*६० से.मी., ३०*४५ से.मी.(HD Polished) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।