काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकरको न्यूनतम सीमा बढाएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हालको आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँलाई बढाएर १० लाख पुर्याइएको हो ।
अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्ने भएको हो ।
यस्तै, हाल ३९ प्रतिशत रहेको अधिकत आयाकर १० प्रतिशत बिन्दुले घटाएर २९ प्रतिशतमा झारिएको छ ।