काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार मन्त्रालयलाई २ खर्ब ८६ अर्ब ४६ करोड बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधार मन्त्रालयलाई सो बजेट छ्ट्याएको जानकारी दिएका हुन् ।
विभिन्न राजमार्गको स्तरउन्नति, नयाँ सडक तथा पुल निर्माणसँगै मर्मत, सडक सुरक्षा, शहरी विकास, फोहोर व्यवस्थापन लगायतका लागि सो बजेट विनियोजन गरिएको हो ।