• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सामाजिक सुरक्षा भत्ता त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ अभियान चलाइने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले भने,‘सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिक रुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ ।’

यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानको ऐक्यवद्धताका रुपमा सम्मान गरिने भएको छ ।