काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै मन्त्रालयलाई सो बजेट छुट्याइएको जानकारी दिएका हुन् ।
यस्तै, खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट छुट्याइएको छ । पदक जित्ने राष्ट्रिय खेलाडीलाई आजिवन निःशुल्क उपचार सेवा दिने समेत घोषणा गरिएको छ ।