काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब गरी सो बजेट विनियोजन गरेका हुन् ।