काठमाडौँ । सरकारले बजेटमार्फत भन्सार दर वृद्धि गरेपछि नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतदे वृद्धि गरेर २० प्रतिशत पुर्याएको छ ।