• २०८३ असार १०
  • 2026 June 24, Wednesday

महाधिवेशन नसकिँदै काठमाडौँ फर्किए प्रधानमन्त्री शाह

चितवन । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदै काठमाडौँ फर्किएका छन् ।

रास्वपाको नयाँ नेतृत्वको मतदान आज हुने तयारी भइरहेका बेला प्रधानमन्त्री शाह काठमाडौँ फर्किएका हुन् ।

शाह महाधिवेशनबाट यसअघिकै वरिष्ठ नेतामा कायम रहने वैधानिक व्यवस्था गरेपछि चुनाव लड्न नपर्ने भएको छ ।

अर्कोतर्फ, रास्वपाको आज हुने भनिएको मतदान अहिलेसम्म शुरु हुन नसक्दा महाधिवेशन अझै लम्बिने भएको छ भने कतिपय महाधिवेशन प्रतिनिधिहरु फर्किन समेत लागेका छन् ।