काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।
सोमबार बिहान अर्थ मन्त्रालय पुगेर उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा पत्र बुझाएका हुन्। चापागाईंले व्यक्तिगत तथा घरायसी कारणले आफूले जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन्। उनले आफ्नो राजीनामा सरकारको दबाब वा अन्य कुनै विवादसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन्।
मन्त्रिपरिषद्को निर्णय अनुसार चापागाईं २०८१ साल चैतमा नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। नियुक्त भएको केही समयमै उनले कार्यकाल पूरा हुनुअघि नै पद त्यागेका हुन्।
चापागाईंको राजीनामापछि अब नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने छ।