• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

इक्यान निर्वाचन २०८२ : अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् ।

इक्यानको विकास र शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरणका लागि भुसालले ती एजेन्डाहरु सावर्जनिक गरेका हुन् ।

इक्यान निर्वाचन २०८२ का लागि आफ्नो समूहको उम्मेदवार घोषणा सभामा भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार व्यवस्थापन, शाखा विस्तार, नीतिगत सुधार तथा इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने विषयलाई प्राथमिकतामा राखेर एजेन्डा तयार गरिएको बताए ।

उनले भने, “२०२६ को आगमनसँगै हाम्रो समूहले २६ वटा एजेन्डा सार्वजनिक गरेको छ । यी एजेन्डाहरूले समग्र शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न, बजार व्यवस्थापन गर्न, शाखा विस्तार गर्न र इक्यानलाई विश्वस्तरमा चिनाउन सहयोग गर्नेछन् ।”

करिब १२ वर्षदेखि निरन्तर इक्यानमा सक्रिय रहँदै आएको उल्लेख गर्दै भुसालले इक्यान आफ्नो बानी र पहिचानको हिस्सा बनिसकेको बताए ।

आगामी कार्यकालमा पूर्ण समय इक्यानका लागि समर्पित हुने र आवश्यक परेको जुनसुकै समयमा उपलब्ध हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

भुसालको समूहबाट सदस्य पदका उम्मेदवारमा विवेक बस्नेत, उद्धव वन, संजीव पाण्डे, नवराज नेपाल, कमल तिम्सिना र दामोदर शर्मा रहेका छन् ।

केन्द्रीय सदस्यमा बसन्त पाण्डे, अशोक कुमार हाथी र अनन्तराज घिमिरे, सह–कोषाध्यक्षमा गोविन्द खनाल र उमा खड्का पाठक, सचिवमा सुरज सिलवाल र आशिक कार्की, महासचिवमा भवनाथ हुमागाई तथा उपाध्यक्षमा रत्न बहादुर भट्टराई, मन्जित ढकाल र विकल्प राज पोखरेल उम्मेदवार रहेका छन् ।