• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भरतपुरमा रेणुले बढाइन् अग्रता

चितवन । चितवनको भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् ।

९५० मत गणना सकिँदा दाहालले ३७४ मत पाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ३०४ मत ल्याएका छन् ।

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२४ मत ल्याएका छन् । मतगणना भइरहेकाे छ ।