गुल्मी । नेपाली कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवरले जितेकी हुन् ।
मेयरमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपमेयर कुँवरले ८ हजार छ सय १९ मत ल्याएकी छन् ।
नेकपा एमालेबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन् । एमालेकी उपमेयर उम्मेदवार रिता पाण्डेयले ७ हजार २ सय ३१ मत ल्याएकी छन् ।
यसअघि ०७४ को स्थानीय चुनावमा नेकपा एमालेले मेयर र उपमेयर दुवै पदमा जितेको थियो ।