• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भीम रावलकाे प्रश्न : विदेशी अतिथिको छेउमा बसेर उँघ्ने प्रधानमन्त्रीबाट के आशा गर्ने ?

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले याे सरकारबाट केही आशा नरहेकाे बताएका छन् । यो सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण नरहेको रावलले बताएका हुन् ।

बिहीबार संसद बैठकमा उनले भने, ‘भारतीय प्रधानमन्त्रीको छेउमा बसेर निदाउने र छटपट गर्ने प्रधानमन्त्री भएको सरकारले कालापानी, सुस्ता जस्ता अतिक्रमित भूभागहरु कसरी फिर्ता ल्याउँछ ?’

अरुण चाैथाे जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएकोमा उनले आपत्ती जनाएका थिए । प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेको उनको आरोप थियाे ।

भारतबाट ३२ रुपैयाँ प्रतियुनिटमा बिजुली किनिरहेको प्राधिकरणले नेपालमा बिजुली बढी भएको हल्ला फैलाएर स्वदेशी नदीनाला विदेशीको हातमा सुम्पिन खोजेको पनि रावलले आरोप लगाए ।

प्रधानमन्त्री देउवाले डडेलधुरामा चुनावी सभामा बोल्दै चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कुतर्क गरेको पनि राववले बताए ।