
काठमाडाैं । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पनि प्रहरीकाे सम्पर्कमा पुगेकी छन् ।
आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी हुन् । आइतबार उनले महाशाखामै पुगेर घटना बारे बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यसअघि सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीले पाण्डेबाट ८ वर्ष अगाडि यौन शोषणमा परेको भनि सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।
उनले घटना सार्वजनिक गरेपछि शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरेकाे थियाे । पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।
सम्बन्धित समाचार
७ वर्षअघि बलात्कृत भएको भन्दै सामाजिक सञ्जालमा बाेलिन् अर्की युवती, स्कुलका प्रिन्सिपलमाथि आरोप