भारतकाे सहयाेगमा निर्मित विद्यालय भवनकाे उद्घाटन

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा निर्मित विद्यालय भवनकाे उद्घाटन गरिएकाे छ । पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा रहेकाे श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएकाे हाे ।

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले उक्त भवनकाे उद्घाटन गरेकी हुन् ।

श्री आर्वा विजय माध्यमिक विद्यालय कास्की जिल्लाको एक पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेपाली रुपैयाँ ३ करोड ६३ लाखको लागतमा यस विद्यालय भवनको निर्माण भएको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको India@75 आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१