• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

सामसुङको “अपग्रेड टु ग्यालेक्सी” अफर सार्वजनिक

काठमाडौँ। सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “Upgrade to Galaxy” अभियान घोषणा गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो जुनसुकै पुरानो मोबाइल साटेर नयाँ Galaxy स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।

यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियानको मुख्य आकर्षणका रूपमा ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको भुक्तानी अवधि रहने गरी सहज ईएमआई (EMI) सुविधा समेत पाउनेछन्।

यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको बजार मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन सामसुङले विभिन्न स्मार्टफोन मोडेलहरूमा निश्चित छुट र एक्सचेन्ज बोनसको व्यवस्था गरेको छ। जसअनुसार नयाँ ग्यालेक्सी एस२६ अल्ट्रा (S26 Ultra) खरिद गर्दा ग्राहकले १० हजार रुपैयाँ निश्चित छुट र ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस पाउनेछन्।

त्यस्तै ग्यालेक्सी एस२६ प्लस (S26+) मा सबैभन्दा बढी अर्थात् २३ हजार रुपैयाँ निश्चित छुट र ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस तोकिएको छ भने ग्यालेक्सी एस२६ (S26) मा १० हजार रुपैयाँ निश्चित छुट र ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस उपलब्ध छ। मध्यम रेन्जका ग्यालेक्सी ए५७ (A57) र ए३७ (A37) मोडेलहरूमा भने समान ५ हजार रुपैयाँ निश्चित छुट र ५ हजार रुपैयाँ नै एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ।

यस विशेष अफरसँगै सामसुङले एनसेल (Ncell) को सहकार्यमा आकर्षक बोनस डेटा सुविधा पनि उपलब्ध गराएको छ। नयाँ ग्यालेक्सी एस२६ सिरिजका स्मार्टफोन खरिद गर्ने ग्राहकले न्यूनतम ३९९ रुपैयाँको एनसेल प्याक खरिद गर्दा प्रति रिचार्ज १५ जीबीका दरले १२ पटकको रिचार्जमा कुल १८० जीबी बोनस डेटा प्राप्त गर्नेछन्।

त्यसैगरी ग्यालेक्सी ए५७, ए३७, ए१७ र एम१७ मोडेलका स्मार्टफोन खरिदकर्ताले न्यूनतम २९९ रुपैयाँको एनसेल प्याक खरिद गर्दा प्रति रिचार्ज १० जीबीका दरले १२ पटकको रिचार्जमा कुल १२० जीबी बोनस डेटा पाउनेछन्।

नयाँ सार्वजनिक गरिएको ग्यालेक्सी एस२६ सिरिज सामसुङको नवीनतम फ्ल्यागशिप इनोभेसन हो, जसले शक्तिशाली प्रदर्शन, उन्नत एआई-आधारित (AI) फिचरहरू तथा प्रिमियम प्रयोग अनुभव प्रदान गर्दछ।

साथै ग्यालेक्सी ए५७ र ए३७ फाइभजी (5G) ले ग्यालेक्सी ए सिरिजमा स्मार्ट एआई फिचर, भरपर्दो परफर्मेन्स तथा आकर्षक डिजाइन उपलब्ध गराउँदै दैनिक प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव दिने लक्ष्य राखेको छ।

यो विशेष योजना सीमित अवधिका लागि अर्थात् मे २७ देखि जुन ३० सम्म देशभरिका अधिकृत सामसुङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा लागू हुनेछ। कम्पनीले ईएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य विस्तृत जानकारीका लागि ग्राहकहरूलाई आफ्नो नजिकैको सामसुङ स्टोरमा सम्पर्क गर्न अनुरोध गरेको छ।