• २०८३ जेठ २८
  • 2026 June 11, Thursday

इप्पान केन्द्रीय सदस्य उमेद्दवार जगत पोखरेलको ‘युनिक’ एजेण्डा- ग्रिन एनर्जीको पाइलट प्रोजेक्टिङ

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशन शुक्रबारबाट काठमाडौँमा सुरु हुँदैछ । नयाँ कार्यसमिति समेत यस अधिवेशनका कार्यसमिति सदस्यका उमेद्दावर जगत बहादुर पोखरेलले भने ‘युनिक’ चुनावी एजेण्डा अघि सारेका छन् ।

निमार्णाधिन र निमार्णअघिको चरणमा रहेका विभिन्न ६ वटा जलविद्युत आयोजना हाँकिरहेका पोखरेलले ग्रिन एनर्जी (हरित उर्जा) लाई पाइलट प्रोजेक्ट बनाएर लैजाने आफ्नो एजेण्डा अघि सारेका हुन् ।

“मैले ग्रिन एनर्जी हाइड्रोजनलाई प्रवर्द्धनका लागि पाइलट प्रोजेक्ट नै बनाएर जाने एजेण्डा तयार पारेको छु । यो हाम्रा लागि निकै आवश्यक छ भन्ने मेरो बुझाई हो,” पोखरेलले भने ।

पोखरेलले इप्पानको विधानमा भएका कमीकमजोरी सुधार्न विद्यान संशोधन, सरकारसँग प्रभावकारी समन्वयका लागि एक द्धार नीति अबलम्बन जरुरी रहेको समेत बताए ।

यसबाहेक, पोखरेलले आन्तरिक तथा बाह्य पर्यटकको संख्या अभिवृद्धि गर्न हाइड्रो टुरिजमको विकासको मार्गचित्र समेत प्रस्तुत गरे ।

पोखरेलले भने, “हाम्रा परियोजनाहरुलाई हाइड्रो टुरिजमको अवधारणा विकास गर्न सके त्यसले पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने निश्चित छ । यसले मुलुकको अर्थतन्त्रलाई समेत मजबुत बनाउन सक्छ ।”

पोखरेलले उर्जा क्षेत्रमा ठुलो लगानी गर्न नसक्ने, तर सानो पूँजी भएका लगानीकर्ताहरुलाई जोडेर पूँजी निर्माण गर्ने गरी आफूले रणनीति तयार पारेको समेत बताए । आफू निर्वाचित भएको खण्डमा यी एजेण्डाहरुलाई सशक्त ढंगले कार्यान्वयनमा लैजाने पोखरेलको भनाई छ ।

पोखरेल उर्जा क्षेत्रको सम्रग विकासका लागि करिब ८ वर्षदेखि क्रियाशिल रहँदै आएका छन् ।

भिजन लुम्बिनी लिमिटेड, बज्र एनर्जी भेन्चर्स प्रालि, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड, श्रेष्ठ एनर्जी सोलुसन्स प्रालि, भिजन नेपाल लिमिटेड, नमो बुद्ध हाइड्रोपावर प्रालि, खप्तड पावर प्रालि र आरम्भ चौतारी लघुवित्तको अध्यक्ष रहेका पोखरेल नेपाल लघुवित्त संघको संस्थापक केन्द्रीय अध्यक्ष समेत हुन् ।