• २०८३ असार १०
  • 2026 June 24, Wednesday

एनसेल एप डाउनलोड गर्नुका फाइदा, घरमै बसीबसी लिनुहोस् सम्पूर्ण डिजिटल सुविधा

काठमाडौँ । नेपालको अग्रणी निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरूका लागि ‘सेल्फ–सर्भिस’ को अवधारणालाई आत्मसाथ गर्दै ‘एनसेल एप’ सञ्चालन गरिरहेको छ ।

प्रविधिको विकाससँगै ग्राहकलाई छिटो र छरितो सेवा दिने उद्देश्यले ल्याइएको यस एपले प्रयोगकर्तालाई एनसेलका विविध सेवाहरू आफ्नै मोबाइलबाट नियन्त्रण र व्यवस्थापन गर्ने सुविधा प्रदान गरेको छ ।

एनसेल एपको सबैभन्दा ठूलो विशेषता भनेको यसको प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्दैन । एनसेल नेटवर्क भित्र यो एप प्रयोग गर्दा ग्राहकको ब्यालेन्स काटिँदैन । यद्यपि, एप डाउनलोड गर्दा र एपभित्र रहेको ‘स्टोर लोकेटर’ को म्याप प्रयोग गर्दा भने सामान्य डाटा शुल्क लाग्नेछ ।

ग्राहकले आफ्नो मोबाइलमा कति ब्यालेन्स छ र कति डाटा बाँकी छ भन्ने कुरा एपको मुख्य स्क्रिनमै सजिलै हेर्न सक्छन् । यसका साथै, आफ्नै वा आफ्ना साथीभाइ र परिवारको मोबाइलमा रिचार्ज गर्न पनि यो एप अत्यन्तै सहज छ । ब्यालेन्स कम भएमा तुरुन्तै रिचार्ज गर्ने वा साथीलाई ब्यालेन्स ट्रान्सफर गर्ने सुविधा पनि यसमा उपलब्ध छ ।

एनसेल एप प्रयोगकर्ताहरूले दैनिक १० वटा एसएमएस कुनै पनि एनसेल नम्बरमा निःशुल्क पठाउन सक्छन् । यसले गर्दा आपतकालीन अवस्थामा वा ब्यालेन्स नभएको समयमा पनि सञ्चार सम्पर्क विच्छेद हुन पाउँदैन ।

आफूले कसलाई कहिले कल गरियो र पछिल्लो १० वटा कारोबार (रिचार्ज वा प्याक खरिद) को विवरण के–के छ भन्ने कुरा एपबाटै थाहा पाउन सकिन्छ । यसले गर्दा ग्राहकलाई आफ्नो खर्चको ट्रयाक राख्न सजिलो हुन्छ ।

एनसेलले ग्राहकका लागि समय(समयमा विशेष अफरहरू ल्याउने गर्दछ । ‘फर यू’ सेक्सनमार्फत प्रयोगकर्ताले आफ्नो प्रयोगका आधारमा तयार पारिएका उत्कृष्ट डाटा र भ्वाइस प्याकहरू सिधै एपबाट खरिद गर्न सक्छन् । साथै, कुन डाटा प्लान आफ्नो लागि उपयुक्त हुन्छ भनी क्यालकुलेटरको प्रयोग गरेर छनोट गर्न पनि सकिन्छ ।

यदि कुनै ग्राहक आफ्नो प्रिपेड सिमलाई पोस्टपेडमा परिवर्तन गर्न चाहन्छन् भने, अब कार्यालय नै धाइराख्नु पर्दैन । एनसेल एपमार्फत नै यो प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

एपमार्फत ग्राहकले एनसेलका आधिकारिक प्रतिनिधिहरूसँग सहयोग माग्न र आफ्नो समस्याको ‘स्टाटस’ ट्रयाक गर्न सक्छन् । साथै, आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल सप वा पोइन्ट अफ सेल्स कहाँ छ भन्ने कुरा म्यापमार्फत सहजै पत्ता लगाउन सकिन्छ ।

विदेश भ्रमणमा जाँदा लाग्ने रोमिङ शुल्क र त्यहाँ उपलब्ध सेवाहरूका बारेमा जानकारी लिनुका साथै एपबाटै रोमिङ सेवा एक्टिभेट गर्न सकिन्छ ।

एनसेल एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा निःशुल्क उपलब्ध छ । पहिलो पटक दर्ता गर्दा आफ्नो मोबाइल नम्बर राख्नुपर्छ र सिस्टमले अटोमेटिक लगइन गर्ने सुविधा दिन्छ ।