
काठमाडाैं । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले विपक्षीहरुले केही एजेण्डा नपाएर मेरा श्रीमानले हारे भन्दै रमाइलाे गरेकाे भनी गुनासाे गरेकी छन् ।
हुलाक सञ्चारसँगकाे कुराकानीका क्रममा उनले प्रतिस्पर्धामा जित हार दुवै स्वीकार गर्नुपनर्ने भन्दै विपक्षीले केही एजेण्डा नपाएर यस्ता कुरामा रमाइलाे मात्र गरेकाे बताएकी हुन् । उनले भनिन् ‘याे रमाइलाे गर्ने विपक्षीकाे खेलमात्र हाे, उनी मेरा श्रीमान् मात्र हाेइनन् मेराे राजनीतिक गुरु पनि हुन् ।’
उनले राजनीतिमा कसैलाई अपमानित गर्न नहुने पनि बताएकी छन् ।
स्याङजाको वालिङ नगरपालिका–१ मा एमालेबाट खुल्ला सदस्यको उम्मेदवार बनेका अर्यालका श्रीमान लक्ष्मीपति पौडेल पराजित भएका थिए ।
हेर्नुहाेस् भिडिओ :