काठमाडौं । भारतको प्रसिद्ध धार्मिक स्थल ऋषिकेशमा अवस्थित जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरि नेपाल आउँदैछन् ।
स्वामी अवधेशानन्द गिरि तीन दिने धार्मिक यात्राका लागि नेपाल आउँदैछन्। असार ५ गते नेपाल आउन लागेका स्वामी अवधेशानन्द गिरि असार ७ गते फर्किनेछन्। नेपाल यात्राका क्रममा उनले पशुपतिनाथ र वसन्तपुरमा कुमारीदेविको दर्शन गर्ने कार्यक्रम छ।
सन् २००८ को ‘हिन्दु पुनर्जागरण पुरस्कार’ बाट सम्मानित स्वामी अवधेशानन्द गिरि ‘जूना अखडा’ का आचार्य महामण्डलेश्वर हुन् । जुना अखडा नागा साधुहरूको सबैभन्दा ठूलो अखाडा हो । गिरिले हालसम्म करिब १० लाख नागा साधुहरूलाई संन्यासको दीक्षा दिइसकेका छन् ।
अवधेशानन्द गिरि ‘हिन्दु धर्म आचार्य सभा’ का अध्यक्ष र ‘वल्र्ड काउन्सिल अफ रिलिजियस लिडर्स’ का बोर्ड सदस्य पनि हुन् । अवधेशानन्द गिरि आधुनिक विचारक र प्रखर वक्ता पनि हुन् । जलवायु परिवर्तन, पर्यावरण संरक्षण र विभिन्न सम्प्रदायहरूबीचको भातृत्वका विषयमा सन् २०१९ संयुक्त राष्ट्र संघको मुख्यालयमा गिरिले प्रवचन दिएका छन् । स्वामी अवधेशानन्द गिरिको नेपाल यात्रालाई नेपाल सरकारले अघि सारेको ‘देवभूमि नेपाल अभियान’ लाई विश्वव्यापीकरण गर्ने अवसरका रुपमा लिनुपर्ने जानकारहरुको भनाइ छ ।
सन् २००८ को ‘हिन्दु पुनर्जागरण पुरस्कार’ बाट सम्मानित स्वामी अवधेशानन्द गिरि महाराज हिन्दु सनातन धर्मका ख्यातीप्राप्त आध्यात्मिक गुरु, प्रतिष्ठित सन्त, लेखक तथा दार्शनिक हुन् । भारतको ऋषिकेशम अवस्थित नागा साधुहरुको सबैभन्दा ठूलो अखाडा जुना अखाडाका महामण्डलेश्वर हुन स्वामी अवधेशानन्द गिरि । उनले हालसम्म करिब १० लाख नागा साधुहरूलाई संन्यासको दीक्षा दिइसकेका छन् ।
स्वामी अवधेशानन्दी गिरि आध्यात्मिक क्षेत्रका साथै विश्वमञ्चमा पनि प्रख्यात छन् । उनी ‘हिन्दु धर्म आचार्य सभा’ का अध्यक्ष र ‘वर्ल्ड काउन्सिल अफ रिलिजियस लिडर्स’ को बोर्ड सदस्य हुन् ।
योगका विशेषज्ञ एवं वेद–शास्त्रका प्रकाण्ड विद्वान स्वामी अवधूत प्रकाशबाट अवधेशानन्द गिरिले वेदान्त दर्शन र योगको शिक्षा ग्रहण गरेका हुन् । शंकराचार्य स्वामी सत्यमित्रानन्द गिरिबाट अवधेशानन्दी गिरिले औपचारिक संन्यास दीक्षा प्राप्त गरेका हुन् ।
सन् १९९८ मा हरिद्वारमा आयोजित कुम्भ मेलाका अवसरमा जूना अखडाका सम्पूर्ण सन्तहरूले सर्वसम्मतिले उनलाई अखडाको सर्वोच्च पद ‘आचार्य महामण्डलेश्वर’ मा नियुक्त गरेका थिए ।
स्वामी अवधेशानन्द गिरि परम्परागत सन्तका साथै वैश्विक मुद्दाहरूमा आवाज उठाउने आधुनिक विचारक पनि हुन् । उनले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र विभिन्न सम्प्रदायहरूबीच भ्रातृत्व विकासका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत आवाज उठाएकाछन् ।
सन् २०१९ मे महिनामा संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ‘रेस्पोन्सिबल लिडरसिप समिट’ मा अवधेशानन्दी गिरी मुख्य वक्ता थिए । सन् २०१० मा क्यानडाको विनिपेगमा आयोजित ‘इन्टरफेथ जी–८ शिखर सम्मेलन’ मा उनले हिन्दु धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । त्यस्तै, सन् २००९ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजित प्रतिष्ठित ‘विश्व धर्म संसद्’ मा उनी मुख्य वक्ता थिए । सन् २००९ मै इजरायलको जेरुसेलममा आयोजित ऐतिहासिक ‘हिन्दु–यहूदी शिखर सम्मेलन’ मा पनि उनी सहभागि थिए ।
स्वामी अवधेशानन्द गिरिजी महाराज प्राचीन वैदिक ज्ञानलाई आधुनिक विश्वका समस्याहरूसँग जोड्दै संसारभरि शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउने काममा सक्रिय छन् ।
हिन्दु सनातन परम्परामा ‘महामण्डलेश्वर’ पदको गरिमा विशिष्ट र सर्वोच्च मानिन्छ । यसको शाब्दिक अर्थ ‘धेरै मठ वा साधुहरूको सुपरीवेक्षक’ भन्ने हुन्छ । आचार्य महामण्डलेश्वर कुनै पनि अखडाका आध्यात्मिक मार्गदर्शक र नयाँ संन्यासीहरूलाई दीक्षा दिने सर्वोच्च अधिकारी हुन् । लाखौँ नागा साधु र संन्यासीहरू आबद्ध रहेको जूना अखडाका सर्वोच्च सन्त स्वामी अवधेशानन्द गिरिको आध्यात्मिक ओज र वक्तृत्व कला विश्वविख्यात छ ।