• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने

अमेरिका। अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जानुहुने भएको छ । उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लाग्नुभएको समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेन आइतबार सो विद्यालय जाने भएका छन् ।

उनीहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न तथा उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्न त्यहाँ जान लागेका समाचारमा जनाइएको छ । केही दिनअघि अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो ।

अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए ।टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।