काठमाडौं । समय बदलियो, बाटो बदलियो, सवारीसाधन बदलिए। तर मानिसहरूलाई जोड्ने चौतारीको भावना भने उस्तै छ। यही आत्मीयता, अनुभव आदान–प्रदान र सम्बन्ध सुदृढीकरणको भावनालाई निरन्तरता दिँदै Laxmi Lube Oil Pvt. Ltd. ले ‘Garage Chautari’ अभियान सञ्चालन गरिरहेको छ।
नेपालको परम्परागत पीपल चौतारीले जसरी समुदायलाई जोड्ने, अनुभव साटासाट गर्ने र सम्बन्धलाई बलियो बनाउने काम गर्थ्यो, त्यसैको आधुनिक स्वरूपका रूपमा Garage Chautari अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। यस अभियानमार्फत देशभरका ग्यारेज व्यवसायी, मेकानिक तथा अटोमोबाइल क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई एउटै चौतारीमा जोड्दै अनुभव, ज्ञान तथा व्यवसायिक अवसरहरूबारे छलफल गर्ने वातावरण सिर्जना गरिएको छ।
अभियान अन्तर्गत मे महिनामा जनकपुरस्थित OM Auto Part, बुटवलस्थित Bijay Auto Workshop, टिकापुरस्थित Seti Motorcycle Workshop, पोखरास्थित Nihal Auto Engineering तथा Three Brothers Auto Engineering Workshop र काठमाडौंस्थित Prakash New Generation मा Garage Chautari कार्यक्रम सम्पन्न गरिएको थियो।
त्यसैगरी जुन महिनामा पोखरा–८, नयाबजारस्थित Christina Ace Auto Parts, नुवाकोटस्थित Panchakanya Spare Parts तथा काठमाडौंको पुतलीसडकस्थित PM Auto Mobiles, पोखरा अमरसिंह चोकस्थित एड्भान्स अटो वर्कसपमा कार्यक्रम आयोजना गरिएको छ।
हालसम्म नेपालका विभिन्न स्थानहरूमा १० भन्दा बढी Garage Chautari कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्। कार्यक्रममार्फत ग्यारेज सञ्चालक तथा मेकानिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया, प्राविधिक जानकारी आदान–प्रदान, व्यवसायिक अनुभव साझेदारी तथा सम्बन्ध विस्तारका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।
Laxmi Lube Oil ले Garage Chautari लाई केवल एक कार्यक्रम नभई देशभरका अटोमोबाइल व्यवसायीलाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाएको जनाएको छ। कम्पनीले आगामी दिनमा नेपालका हरेक शहर, गाउँ तथा टोलसम्म Garage Chautari पुर्याउने लक्ष्य लिएको छ। वर्षभर सञ्चालन हुने यस अभियानमार्फत नेपालको ग्यारेज समुदायसँग अझ नजिकिँदै चौतारीको आत्मीय संस्कृतिलाई आधुनिक अटोमोबाइल क्षेत्रमा जीवित राख्ने प्रयास गरिएको कम्पनीको भनाइ छ।
Laxmi Lube Oil Pvt. Ltd. नेपालमा TotalEnergies Lubricants को आधिकारिक वितरक हो। विश्वस्तरीय लुब्रिकेन्ट तथा उत्कृष्ट सेवामार्फत अटोमोबाइल, औद्योगिक, कृषि तथा व्यावसायिक क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको कम्पनीले Garage Chautari जस्ता समुदाय केन्द्रित अभियानमार्फत देशभरका ग्यारेज व्यवसायी तथा मेकानिकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आएको छ।