• २०८३ असार १६
  • 2026 June 30, Tuesday

कांग्रेस नेता सुनिल शर्माद्वारा सपरिवार पशुपतिनाथमा विशेष पूजाअर्चना

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल कुमार शर्माले सपरिवार पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाअर्चना तथा दर्शन गरेका छन् ।

मन्दिरका मूल भट्ट रावल गणेश भट्टको विशेष सान्निध्यमा वैदिक विधिअनुसार उक्त पूजा सम्पन्न भएको हो । पूजाका क्रममा नेता शर्माले धार्मिक विधि–विधानअनुसार अभिषेक तथा आराधना गरेका थिए ।

उक्त अवसरमा पूजा–आराधना तथा प्रसाद व्यवस्थापनको समन्वय वनकाली–पशुपतिस्थित श्री राजराजेश्वरी निर्मल अखडाका स्वामी गोकुलानन्द वेदान्ताचार्यले गरेका थिए । सो क्रममा स्वामी गोकुलानन्दले शर्माको परिवारलाई शुभाशीर्वाद प्रदान गर्दै उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका थिए ।

पूजा सम्पन्न गरेपछि नेता शर्माले मूल भट्ट तथा पूजा व्यवस्थापनमा सहयोग पुर्‍याउने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।