
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो ।
मन्त्रिपरिषद्बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट बजेट पारित भएको थियो । स्रोत समितिबाट पारित भएपछि मन्त्रिपरिषदमा पेस गरिएको थियो ।
पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे बस्ने संसदको दुवै सदनमा पेस गर्नेछन् ।
यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ ।