सरकारले समेट्याे बजेटमा निजगढ विमानस्थल

काठमाडौं । सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका हुन् ।

गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने जानकारी पनि शर्माले दिए ।

त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१