
काठमाडौं । सरकारले प्रत्येक वर्ष २ लाख बेरोजगारलाई रोजगारी दिने बताएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक वर्ष स्थानीय पालिकाको रोजगार सेवा केन्द्रमा सुचीकृत २ लाख बेरोजगारलाई रोजगार दिइने बताएका हुन् ।
स्थानीय तहको सहकार्यमा खेतियोग्य बाँझो जमिन पहिचान गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई कृषि उत्पादनमा केन्द्रित रोजगारी प्रदान गरिने छ ।
सरकारले सबै बेरोजगारको सीप, योग्यताको तथ्यांक संकलन गर्ने घोषणासमेत गरेको छ ।