• २०८३ असार २४
  • 2026 July 08, Wednesday

शैक्षिक उत्कृष्टता र सुनिश्चित करियरको पहिलो रोजाइ बन्दै एमआईटी कलेज

काठमाडौं । वर्तमान प्रतिस्पर्धी बजारमा केवल शैक्षिक डिग्रीले मात्र पर्याप्त हुँदैन, त्यसका लागि व्यवहारिक सीप र उद्योगसँगको प्रत्यक्ष सम्बन्ध पनि उत्तिकै आवश्यक हुन्छ । यसै तथ्यलाई मध्यनजर गर्दै काठमाडौंको बागबजार–कमलादीमा अवस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षाका साथै सुनिश्चित करियरको अवसर प्रदान गर्दै नेपालको शैक्षिक क्षेत्रमा नयाँ मानक स्थापित गरिरहेको छ ।

नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट डिग्री प्रदान गर्ने अग्रणी संस्थाको रूपमा स्थापित हुने दीर्घकालीन लक्ष्यसहित एमआईटी आजका विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ ।

अमेरिकाको प्रतिष्ठित ‘इन्टरनेशनल अमेरिकन युनिभर्सिटी (आईएयू)’ सँग सम्बन्धन प्राप्त यस कलेजले विद्यार्थीहरूलाई नेपालमै बसेर अमेरिकी शिक्षा प्रणालीको प्रत्यक्ष अनुभव लिने र चार वर्षे अन्तर्राष्ट्रिय डिग्रीका साथ सजिलै विदेशमा उच्च शिक्षा जारी राख्न सक्ने सहज वातावरण उपलब्ध गराएको छ । १० वटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट मान्यता प्राप्त र राष्ट्रिय रूपमा ख्यातिप्राप्त ‘काठमाडौं मोडल कलेज (केएमसी)’ नेटवर्कद्वारा व्यवस्थित एमआईटीले एमबीए, एमआईटी, र एमसीएस जस्ता उच्च माग भएका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

एमआईटीको मूल उद्देश्य अत्याधुनिक सुविधाहरू र सेवाहरूका साथ विश्वस्तरीय गुणस्तरीय शिक्षा प्रदान गर्नु, समुदायमा नवीन दृष्टिकोणहरू लागू गर्नु र आफ्ना स्नातकहरूलाई सामाजिक रूपमा जिम्मेवार नेतृत्वकर्ताको रूपमा तयार पार्नु हो ।

यहाँको शिक्षण, सिकाइ र प्रशासनिक प्रक्रिया अत्यन्तै आधुनिक, वैज्ञानिक र प्रविधिमैत्री छ । कलेजले अपनाएको ‘टार्गेट–ड्रिभन’ (निश्चित लक्ष्य वा उद्देश्यमा आधारित भएर विद्यार्थीको क्षमता मापन गर्ने आधुनिक तरिका) मूल्यांकन प्रणाली परम्परागत तीन घण्टाको परीक्षामा मात्र सीमित नभई, विद्यार्थीको प्रत्येक पलको प्रगति, सिर्जनशीलता र कार्यसम्पादनलाई सूक्ष्म रूपमा मापन गर्ने खालको छ ।

यसै सन्दर्भमा कलेजका अध्यक्ष सुरेन्द्र सुवेदी भन्छन् ‘हामी विद्यार्थीहरूलाई सकेसम्म सहज र सफल बनाउन हरसम्भव प्रयास गर्नेछौं । एमआईटीमा प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको एउटा यस्तो बलियो समुदाय छ, जसले विद्यार्थीलाई समाजको सफल र जिम्मेवार सदस्य बन्न आवश्यक पर्ने सीप र नेतृत्व विकासमा निरन्तर मार्गदर्शन गर्दछ । विद्यार्थीहरूले कलेजमा उपलब्ध सबै अवसरहरूको सदुपयोग गर्दै कक्षाकोठा बाहिरका गतिविधिहरूमा पनि सक्रिय सहभागी भएर आफ्नो भविष्य उज्ज्वल बनाउनुपर्छ ।’

विद्यार्थीहरूको वृत्तिविकास र रोजगारीको सुनिश्चितताका लागि एमआईटीले सुरुदेखि नै विशेष लगानी गरेको छ । विद्यार्थीहरूलाई बजारको माग अनुसार योग्य बनाउन कलेजले अनुसन्धान, ग्राफिक डिजाइनिङ, प्रोग्रामिङ र डिजिटल मार्केटिङ जस्ता क्षेत्रमा विद्यार्थीको रुचि र क्षमता पहिचान गर्न नियमित परीक्षणहरू गरिरहेको छ । साथै, आईटी, बैंकिङ र कर्पोरेट क्षेत्रका सफल व्यक्तित्वहरूबाट अतिथि व्याख्यान र शैक्षिक भ्रमण मार्फत विद्यार्थीहरूले व्यवहारिक ज्ञान पनि प्राप्त गरिरहेका छन् ।

यसैगरी, कलेजले उद्योग विज्ञहरूद्वारा बैंकिङ, बीमा, परियोजना व्यवस्थापन, मानव संसाधन, र मार्केटिङ जस्ता विशिष्ट क्षेत्रमा प्रयोगात्मक तालिम र कार्यस्थलको वास्तविक अनुभव पनि प्रदान गरिरहेको छ । एमआईटीले विद्यार्थीहरूलाई उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूमा इन्टर्नशिप र जागिरका लागि बलियो पुलको कामसमेत गरिरहेको छ ।

साथै, विद्यार्थीका नवीन र सिर्जनशील सोचहरूलाई सफल व्यवसायमा बदल्न कलेजभित्रै आफ्नै ‘इन्क्युबेशन सेन्टर’को व्यवस्था गरिएको छ, जसले विशेषगरी विद्यार्थीहरूलाई उद्यमी बन्न ठोस मार्गचित्र प्रदान गरिरहेको छ ।

कलेजको यही रणनीतिक प्रयास र बजारसँगको सम्बन्धबारे प्रष्ट पार्दै कलेजकी डिजिटल मिडिया, मार्केटिङ तथा सञ्चार प्रबन्धक प्रतिक्षा कोइराला भन्छिन्, ‘आजको डिजिटल र ब्रान्ड–ड्रिभन युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन । एमआईटीमा हामी विद्यार्थीहरूलाई सुरुका दिनदेखि नै बजारको वास्तविक आवश्यकता, डिजिटल सञ्चार र आधुनिक मार्केटिङ रणनीतिहरूसँग साक्षात्कार गराउँछौँ । हाम्रो लक्ष्य विद्यार्थीलाई डिग्री मात्र दिलाउनु होइन, बरु उनीहरूलाई कर्पोरेट क्षेत्रले खोजेजस्तै डिजिटल्ली स्मार्ट र बजारमा बिक्ने दक्ष जनशक्तिका रूपमा प्रस्तुत गर्नु हो ।’