पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन् ।
वर्षासँगै परेको चट्याङका कारण जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका-०१ बस्ने अंन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, अंन्दाजी ५५ वर्षीया राधिका देवी सहनी, अंन्दाजी ५५ वर्षीया रिता देवी सहनी, अंन्दाजी ५२ वर्षीया कुश्मी देवी सहनी, अंन्दाजी ४२ वर्षीया सन्ध्या देवी, अंन्दाजी ३५ वर्षीया प्रमिला सहनी र अंन्दाजी ३५ वर्षीया संगीता देवी घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइतेहरु मध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ भने अन्य छ जना घाइतेहरुको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ ।
तीमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।