• २०८३ साउन २
  • 2026 July 18, Saturday

भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम-१’ को सफल लन्च

काठमाडाैं । हैदराबादको स्पेस कम्पनी स्काईरूट एरोस्पेसले शनिबार भारतको पहिलो प्राइभेट अर्बिटल रकेट ‘विक्रम-१’ सफलतापूर्वक लन्च गरेको छ।

यो रकेटको लन्चिङ आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित लन्च सेन्टरबाट दिउँसो १२:०५ बजे गरिएको हो। यसअघि यो रकेट बिहान ११:३० बजे लन्च गर्ने तालिका थियो।

उडान हुनुभन्दा करिब ५ मिनेट पहिले काउन्टडाउन रोकिएको थियो। केही समयको होल्डपछि प्रक्रिया फेरि सुरु गरियो र रकेटलाई सफलतापूर्वक लन्च गरियो।

समाचार एजेन्सी पीटीआईका अनुसार यो परीक्षण उडानलाई ‘मिशन आगमन’ नाम दिइएको छ। यस मिशन अन्तर्गत विक्रम-१ धेरै प्राविधिक परीक्षणसँग जोडिएका पेलोड लिएर प्रस्थान गरेको छ।

रकेटले आफूसँगै प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र ‘कस्मिक ब्लूम’ नामक एउटा कलाकृति पनि लिएर गएको छ। स्काईरूट एरोस्पेसले यसअघि सन् २०२२ मा ‘विक्रम-एस’ सबअर्बिटल रकेट लन्च गरेको थियो।