काठमाडाैं । कात्तिकमा संसदीय निर्वाचन गर्न सत्ता गठबन्धनबीच छलफल भएकाे छ ।
मंगलबार बालुवाटारमा बसेकाे सत्ता गठबन्धनकाे बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मितिकाे बारेमा छलफल भएकाे हाे ।
छलफलका क्रममा केही दलका नेताहरुले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने बताएका थिए । मंसिरमा चिसाे बढ्ने भएकाले कात्तिकमा गर्नु उपयुक्त भएकाे नेताहरुकाे भनाइ थियाे ।
छलफलमा सहभागी एक नेताका अनुसार कात्तिकमा नै चुनाव हुन सक्ने सम्भावना छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल भएकाे पुष्टि गरेका छन् ।