काठमाडौं । दुई र तीनपाङ्ग्रे सवारी साधनको विश्वव्यापी अग्रणी उत्पादक टिभिएस मोटर कम्पनी (TVSM) ले नेपाली बजारमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘टिभिएस अर्बिटर’ (TVS Orbiter) सार्वजनिक गरेको छ।
सहरिया यात्रालाई स्मार्ट, दिगो र सुविधाजनक बनाउने उद्देश्यका साथ कम्पनीले यो नयाँ मोडेल बजारमा ल्याएको हो।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस स्कुटरको बिक्री वितरण गर्नेछ। टिभिएस अर्बिटरको सुरुवाती बजार मूल्य २,८१,९०० रुपैयाँ तोकिएको छ।
मुख्य विशेषता
टिभिएस अर्बिटरमा ३.१ kWh को ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा १५८ किलोमिटर (IDC) को प्रभावशाली रेन्ज प्रदान गर्छ। यस स्कुटरमा उद्योगमै पहिलो पटक १४ इन्चको फ्रन्ट ह्विल प्रयोग गरिएको छ, जसले नेपालका सडकहरूमा उत्कृष्ट राइडिङ कम्फर्ट र स्थिरता सुनिश्चित गर्दछ।
यसमा इको (Eco) र पावर (Power) गरी दुईवटा राइडिङ मोडहरू उपलब्ध छन्। साथै, सुरक्षित यात्राका लागि रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि समावेश गरिएको छ।
डिजाइन र उपयोगिता
आधुनिक र आकर्षक डिजाइनको यो स्कुटरमा ३४ लिटरको विशाल बुट स्पेस छ, जसमा दुईवटा हेल्मेट सजिलै अट्न सक्छन्। चालक र यात्रुको आरामका लागि ८४५ एमएम लामो फ्ल्याटफर्म सिट र २९० एमएमको स्ट्रेट-लाइन फुटबोर्ड दिइएको छ। यसको ग्राउन्ड क्लियरेन्स १६९ एमएम रहेको छ, जुन नेपाली सडकका लागि उपयुक्त मानिन्छ।
स्मार्ट प्रविधि र कनेक्टिभिटी
टिभिएस अर्बिटर प्रविधिमा निकै अगाडि छ। यसमा निम्न अत्याधुनिक सुविधाहरू छन्:
कनेक्टेड राइडिङ: मोबाइल एपमार्फत ब्याट्री स्टाटस, ओडोमिटर चेक र टर्न-बाइ-टर्न नेभिगेसन।
सुरक्षा फिचर: चोरी नियन्त्रणका लागि जियो-फेन्सिङ, दुर्घटना अलर्ट, स्कुटर ढलेको सूचना (Crash Alert) र लाइभ लोकेसन ट्र्याकिङ।
राइड असिस्ट: हिल होल्ड असिस्ट (उकालोमा रोकिँदा पछि नहट्ने), क्रुज कन्ट्रोल र पार्किङ असिस्ट।
डिस्प्ले: इनकमिङ कल र मेसेज अलर्ट सुविधा भएको कलर LCD क्लस्टर।
सार्वजनिक कार्यक्रममा टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमान कार्गरले भने, “नेपालमा टिभिएस अर्बिटरको सार्वजनिक हुनु हाम्रो EV इकोसिस्टम विस्तार गर्ने यात्राको एउटा महत्वपूर्ण कोसेढुङ्गा हो। हामी स्वच्छ र स्मार्ट भविष्य निर्माण गर्न प्रतिबद्ध छौं।”
त्यस्तै, शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले टिभिएस आईक्यूब (iQube) को सफलतापछि अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा नयाँ मापदण्ड स्थापित गर्ने र ग्राहकलाई भरपर्दो मोबिलिटी समाधान दिने विश्वास व्यक्त गरे।
उपलब्धता र रङहरू
नेपाली ग्राहकहरूले टिभिएस अर्बिटरलाई तीनवटा आकर्षक रङहरू– नियोन सनबर्स्ट (Neon Sunburst), कश्मिक टाइटेनियम (Cosmic Titanium) र मार्सियन कपर (Martian Copper) मा खरिद गर्न सक्नेछन्। जगदम्बा मोटर्सको देशभर रहेको बलियो सञ्जालमार्फत यसको बिक्री र बिक्रीपछिको सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।