• २०८३ साउन ८
  • 2026 July 24, Friday

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बर पीपल रिसोर्टमा १५% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार लेकसाईड पोखरास्थित बर पीपल रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% छुट तथा नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरीे भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।