
इस्लामावाद । पाकिस्तानमा एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मूल्य वृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानको तेल तथा ग्यास नियमन प्राधिकरणले ग्यासको मूल्य बृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।
प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी (एसएसजीसी) ग्यासको मूल्यमा ४५ प्रतिशतसम्म बृद्धि गर्दा अहिले बिक्री मूल्य १००७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । नयाँ तय गरिएको मूल्य जुलाई १ देखिमात्रै लागू हुने पनि प्राधिकरणले जनाएको छ ।
त्यसैगरी विद्युत महशुलमा पनि बृद्धि गरिएको छ। विद्युत प्राधिकरणले प्रति युनिट विद्युतमा ७.९१ प्रतिशत बृद्धि गरिएको जनाएको छ ।
दैनिक उपभोग्य ग्यास र विजुलीको मूल्य बढेकोप्रति आम नागरिकले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले दैनिक उपभोग्य पदार्थको मूल्य बृद्धि गर्दा आम नागरिकको दैनिक जीवनमा नै नकारात्मक असर परेको भन्दै मूल्य बृद्धि फिर्ता लिन माग पनि गरेका छन् ।