काठमाडौं । नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको विवाहको मिति जुरेको छ । उनीहरूले आउँदो असार २४ गते विवाह गर्ने पक्का भएकाे छ ।
नीता र हरिहर प्रेममा परेको चर्चा केही वर्षदेखि छ । उनीहरूले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारेका पनि छैनन्, लुकाएका पनि छैनन् ।
विवाहको विषयमा भने दुवै माैन छन् । उनीहरु निकट स्रोतका अनुसार आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको छ । दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने बताइएकाे छ ।
उनीहरुकाे विवाह निकै तामझामपूर्ण हुने पनि बताइएकाे छ ।