रेशम चौधरीकाे रिहाइकाे मागसहित ११ बुँदे माग राखी लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेको हो ।

११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१