• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

प्रधानमन्त्रीलाई गगन थापाकाे आग्रह : काठमाडाैंकाे फाेहाेर व्यवस्थापन गर्न पहल गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन अनुराेध गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् ।

सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई आग्रह पनि गरेका छन् ।

यसअघि मंगलबार काठमाडाैं महानगरका मेयर बालेन्द्र शाह बालेनले अब काठमाडाैं बासीले कुहिने फाेहाेर र नकुहिने फाेहाेर घरबाटै छुट्याउनु पर्ने र नछुट्याए फाेहाेर नउठ्ने बताएका थिए ।