युक्रेनमाथि ठूलाे झट्का, पश्चिमा देशले दिएकाे हतियार रुसद्वारा नष्ट

काठमाडाैं । रुस र युक्रेनबीच युद्ध सुरु भएको तीन महिनाभन्दा बढी भइसकेको छ । याे अवधिमा रुसले युक्रेनको ठूलो भूभाग कब्जा गरेको छ ।

त्यस्तै धेरै महत्वपूर्ण सहरहरू पनि रुसी सेनाको नियन्त्रणमा आइसकेकाे छ ।

केही समय अघिमात्र पश्चिमी देशहरूले युक्रेनलाई रुससँग लड्न एड्भान्स हतियार दिएका थिए । युक्रेनले प्राप्त गरेका यी हतियारलाई रुसी सेनाले नष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यसले युक्रेनी सेनालाई ठुलो झट्का लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

रुसी सेनाले मंगलबार एक विज्ञप्ति जारी गरी युक्रेनमा गरेको पछिल्लो आक्रमणमा पश्चिमी देशहरूबाट प्राप्त भएका हतियारहरु नष्ट गरेको जनाएको छ ।

मेजर जनरल इगोर कोनाशेन्कोभले मंगलबार भनेका छन्,‘रुसले युक्रेनले नर्वेबाट प्राप्त गरेको होविट्जर तोप र अमेरिकाबाट प्राप्त अन्य दुई तोप प्रणाली नष्ट गरेको छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१