
काठमाडौं । अमेरिकी डलरको भाउ शुक्रबार अहिलेसम्मकै उचाइमा पुगेको छ । एक अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ७३ पैसा पुगेको हो ।
एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउले बिहीबारको अहिलेसम्मको सर्वाधिक उचाइलाई शुक्रबार तोडेको हो ।
विगतमा पनि डलरको भाउ सार्वधिक उचाइमा पुगेको थियो । तर लगत्तै घट्ने गरेको थियो । यसपाली भने सर्वाधिक उचाइ तोड्दै निरन्तर माथि उक्लिरहेको छ ।
रुस – युक्रेन युद्धका साथै संसारभरका अधिकांश केन्द्रीय बैंकले ब्याज दर वृद्धिको नीति लिएपछि डलर महँगिएको प्रक्षेपण गरिएकाे छ ।