काठमाडाैं । नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा देशको नेतृत्व जाँदा हरेक पटक अनिष्ट हुने गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद रावलले देशका ठूला आयोजनामा धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेको बताएका हुन् ।
उनले भने, ‘२०५२ सालमा प्रधानमन्त्री हुँदा जनयुद्ध भयो महाकाली सन्धि भयो, महाकाली भारतलाई बेचियो । फेरि प्रधानमन्त्री हुँदा प्रतिगमन भयो । अहिले पाँचौँ पटक प्रधानमन्त्री हुँदा प्रतिगामी कदम चालेर नदीनाला बेच्दैछन् । राष्ट्रघात गरिरहेका छन् । पाँच चोटी प्रधानमन्त्री हुँदा त यस्तो छ, सात चोटी भए भने नेपालकै अस्तित्व नरहन सक्छ ।’
रावलले एमसीसी अनुमोदन गर्दाका बेला व्याख्यात्मक घोषणाबारे पत्राचार भए नभएकोबारे संसदमा जानकारी पेश नगरिएको भन्दै आपत्ति पनि जनाए । उनले सरकार मातहतको लगानी बोर्ड ठूला नदीनाला धमाधम विदेशीलाई सुम्पिएको पनि आरोप लगाए ।