
डाेटी । डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा आमाछोरीमाथि चितुवाले आक्रमण गरेको छ । घरभित्रै पसेर चितुवाले आक्रमण गर्दा आमाछोरी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चितुवाको आक्रमणबाट ४५ वर्षीया पार्वती विक र उनकी तीन वर्षीया छोरी लक्ष्मी घाइते भएका हुन् ।
चितुवाको आक्रमणबाट पार्वतीको हात र टाउकोमा चोट लागेको छ । उनकी ३ वर्षीया छोरीलाई भने चितुवाले घाँटी र टाउकोमा आक्रमण गरेको स्थानीयले बताएका छन् ।
घाइते आमा छोरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।