• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

घट्याे सुनकाे भाउ, कतिमा भइरहेकाे छ काराेबार ?

  • २०७९ असार २२, बुधबार ०६:१३

काठमाडौं । सुनको भाउ एक हजार ६०० रुपैयाँल घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।

  • २०७९ असार २२, बुधबार ०६:१३