
काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्याप गायक यमबुद्धको शालिक बनाउने काठमाडाैं महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत याे निर्णय स्वागत याेग्य भएकाे प्रतिक्रिया दिएका हुन् । उनले ट्वीट गरेका छन् ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडाैं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’
महानगरपालिकाले यमबुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । आलोचना पछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट शालिक बनाउने घोषणा गरेका छन् । यही विषय पनि आलाेचना भइरहेकाे छ ।