
काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको भाउमा गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।
छापावाल सुनको भाउ ९३ हजार ६ सय रुपैयाँमा झरेको छ । तेजावी सुनको भाउ पनि ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ ।
आइतबार चाँदीको भाउ भने बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।