• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सुनकाे मूल्य घट्याे, चाँदीकाे बढ्यो

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको भाउमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको भाउ ९३ हजार ६ सय रुपैयाँमा झरेको छ । तेजावी सुनको भाउ पनि ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ ।

आइतबार चाँदीको भाउ भने बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।