२२४ जना जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले २२४ न्यायाधीशको सरुवा गरेको हो ।

परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरूका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।

न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।

त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

 

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१