
काठमाडाैं । सेयर बजार परिसूचक नेप्से दाेहाेराे अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से शुक्रबार १३ दशमलव ०५ अङ्कले बढेर २ हजार एक सय ४० दशमलव ५२ विन्दुमा पुगेको छ ।
शुक्रबार २ सय १६ वटा कम्पनीको ५१ लाख ११ हजार कित्ता सेयर २ अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किचबेच भयो ।
शुक्रबार जलविद्युत्, निर्जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।
शुक्रबार राष्ट्र उत्थान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
समग्र बजार बढे पनि बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे तीन प्रतिशतले घटेको छ ।