सेयर बजारमा ५४ अंकको वृद्धि, साढे चार अर्बमाथि कारोबार

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५४.५८ अंकले बढेर दुई हजार एक सय ९५.१० बिन्दुमा पुगेको छ ।

आइतबार फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै, जीवन बीमा समूहको शेयर चार सय १२ र निर्जीवन बीमा कम्पनीको शेयर तीन सय ७४ अङ्कले बढेको छ ।

नेप्से सूचक बढेकाे दिन दुई सय २० वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर चार अर्ब ६० करोड ९७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आइतबार नेपाल इन्सुरेन्स, नेको इन्सुरेन्स, आईएमई जनरल इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, एनएलजी इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, स्वाभिमान लघुवित्त र युनाइटेड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्र बजार बढे पनि नेपाल हाइड्रो पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीकाे शेयर तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१