
काठमाडाैं । रूसको मिसाइल आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको मृत्यु भएको छ ।
७४ वर्षीय ओलेक्सी वादातुर्स्कीको र उनकी पत्नी रायसाको मृत्यु भएको बीबीसीले जनाएकाे हाे । युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी सहरी माइकोलायिभमा आइतबार रूसले गरेको हवाई आक्रमणमा उनीहरू परेका हुन् ।
वादातुर्स्की अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिक थिए । उनलाई ‘युक्रेनको हिरो’ को रूपमा सम्मान गरिएको थियो । फोर्ब्सका अनुसार सन् २०२० मा उनीसँग ४५ करोड डलर बराबरको सम्पत्ति थियो ।
घरमै रहेका उनीहरू रूसी आक्रमणमा मारिएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वादातुर्स्कीको निधन राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन् ।