• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण

  • २०७८ माघ ९, आइतबार ०५:४१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।
हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।

कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। आज ओलीले पत्रकार सम्मेलनसमेत गर्ने भएका थिए।यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको छ।

 

  • २०७८ माघ ९, आइतबार ०५:४१